व्यावसायिक आचार संहिता:
(नेपाल उद्योग वाणिज्य महासंघको ३८औं वाषिर्क साधारण सभाबाट पारित)
१) | राष्ट्रको अहित हुने गरी व्यावसायिक कार्य नगर्ने । |
२) | व्यवसाय गर्दा सार्वजनिक हितको संरक्षण र सम्वर्द्धनमा विशेष ध्यान दिने । सदाचार, सार्वजनिक मूल्य र मान्यतालाई आंच आउने कार्य नगर्ने । |
३) | आम जनताको स्वास्थ्यको प्रतिकूल हुने कार्य नगर्ने । |
४) | गुणस्तरीय सामान र सेवा उचित मूल्यमा बजारमा प्रवाहित गर्ने । तोकिएको गुणस्तर, तौल परिमाणमा नै सामान उपलब्ध गराउने । मिसावट नगर्ने । |
५) | कृत्रिम अभावको सृजना हुने/गर्ने कृयाकलापमा संलग्न नहुने । कारणवश अभाव हुन गएको अवस्थामा अनुचित मूल्य लिई व्यवसाय नगर्ने । |
६) | कानूनद्वारा वर्जित सामान, मापदण्डको प्रयोग नगर्ने । |
७) | व्यावसायिक स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्दै उपभोक्तालाई अधिकतम फाइदा दिने । |
८) | एकाधिकारको व्यवसाय र नियन्त्रीत आपूर्ति प्रणाली (Syndicate/Carteling) को विरोध गर्ने । त्यस्तो समूह वा प्रणालीमा संलग्न नहुने । |
९) | व्यावसायिक विवाद भएमा आपसी छलफलद्वारा कानून सम्मत र शान्तिपूर्ण तरिकाले विवादको निरुपण गर्ने । |
१०) | व्यवसायिक पारदर्शितालाई बढावा दिने । |
११) | उधारो लिएको रकम वा कर्जाको सहि उपयोग गर्ने । |
१२) | वातावरणीय संरक्षणमा विशेष सम्वेदनशिल हुने । |
१३) | प्रचलित कानून वा प्रक्रियाको पालना गर्ने । |
१४) | कानून बमोजिम पेश गर्नु पर्ने कागजात, हर हिसाब तथा कर, दस्तुर वा महसुल समयमै सम्बन्धित कार्यालयमा पेश गर्ने । बुझाउने । |
१५) | कानूनद्वारा निषेधीत भनी तोकिएको वस्तुको खरिद बिक्री नगर्ने । |
१६) | व्यापारिक कारोवारमा प्रत्यक्ष असर पर्ने वा व्यक्तिगत फाइदाको हेतुले राजनीतिक दल वा तीनका नेतालाई चन्दा, आर्थिक सहयोग आदि नदिने । |
१७) | कसैलाई दिइने कोसेली वा उपहारको अधिकतम मूल्यको सिमा रु. पांच हजार तोक्ने । |
१८) | नेपाल उद्योग वाणिज्य महासंघबाट स्वीकृत व्यावसायिक आचार संहिता आफुले पनि पालना गर्ने र अरुलाई पनि पालना गर्न प्रोत्साहित गर्ने । |